Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजको मौसम : यी स्थानमा मेघ गर्जनसहित पानी पर्ने

    आजको मौसम : यी स्थानमा मेघ गर्जनसहित पानी पर्ने

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव परेको छ।

    अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ।



    त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार