Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ईपीएल : क्वालिफायरमा चितवन र पोखरा तथा एलिमिनेटरमा काठमाडौं र भैरहवाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार दुई खेल हुँदैछ। आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुने भएको हो।

पहिलो खेलमा क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान ९ः३० बजे शुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा जित निकाल्दै फाइनलमा पुग्ने सोचमा छन्।

यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ। दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ।

आजै हुने एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच खेल हुँदैछ। सो खेल दिउँसो साढे १ बजे शुरु हुनेछ। शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077