Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवा र पौडेलपछि बरिष्ठ म हुँ, यस पटक कुनै हालतमा छाड्दिन: प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १३ औं महाधिवेशनपछि कांग्रेसको नेतृत्व कमजोर भएका कारण कम्युनिष्ट हरुको मनोबल उच्च रहेको बताएका छन्।

बुधबार काठमाडौँ महानगरमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामनाब्यक्त गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा पार्टी पुगेकाले कम्युनिष्टहरुको मनोबल बढेको बताए।

'कांग्रेस कमजोर भएकै कारण कम्युनिष्टको मनोबल बढेको छ,’ सिंहले भने, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिष्टको मनोबल बढ्दै गएको छ।

कार्यक्रममा १४ औं महाधिवेशनबाट डाइनामिक सभापति रोज्नुको विकल्प नभएको भन्दै यस पटक आफू सभापतिमा उठ्ने दाबी गरे। १३ औं महाधिवेशनमा आफूले वरिष्ठ नेता राचन्द्र पौडेललाई सभापतिमा छोडिदिएको जिकिर गर्दै उनले यस्तो दाबी गरे।

पार्टीभित्र सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको बताउँदै उनले सभापति बन्न नहुने कारण देखाइदिन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077