Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • देउवा र पौडेललाई प्रकाशमानको प्रश्न- गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?

    देउवा र पौडेललाई प्रकाशमानको प्रश्न- गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १३ औं महाधिवेशनपछि कांग्रेसको नेतृत्व कमजोर भएका कारण कम्युनिष्ट हरुको मनोबल उच्च रहेको बताएका छन्।

    बुधबार काठमाडौँ महानगरमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामनाब्यक्त गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा पार्टी पुगेकाले कम्युनिष्टहरुको मनोबल बढेको बताए।



    ‘कांग्रेस कमजोर भएकै कारण कम्युनिष्टको मनोबल बढेको छ,’ सिंहले भने, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिष्टको मनोबल बढ्दै गएको छ।



    कार्यक्रममा १४ औं महाधिवेशनबाट डाइनामिक सभापति रोज्नुको विकल्प नभएको भन्दै यस पटक आफू सभापतिमा उठ्ने दाबी गरे। १३ औं महाधिवेशनमा आफूले वरिष्ठ नेता राचन्द्र पौडेललाई सभापतिमा छोडिदिएको जिकिर गर्दै उनले यस्तो दाबी गरे।

    पार्टीभित्र सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको बताउँदै उनले सभापति बन्न नहुने कारण देखाइदिन आग्रह समेत गरे ।यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउँदै सिंहले भने, ‘म सभापति बन्न नहुने कारण उहाँहरुले देखाइदिनुपर्यो । गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार