Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोसपाले माग्यो मुख्यमन्त्री लालबाबु राउतको राजीनामा

जनकपुरधाम  । लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।

बुधबार प्रदेश सभामा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन्।

राउत नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउँदै उनले भने,’ मुख्यमन्त्री आफैं सुशासन कायम गर्छु भन्छन् तर अख्तियारले भ्रष्टाचार आरोपमा छापा मार्दा जुलुस निकालेर विरोध गर्छन् उनले भने ।’

अख्तियारले छापामार शैलीमा छापा मारेर संघीयतालाई चुनौती दिएको मुख्यमन्त्री राउतको अभिव्यक्तिमा सोनलले भने, ‘अख्तियारको छापाले संघीयता समाप्त हुँदैन । यो संघीयता सय करोडौँ मधेसीको आन्दोलन र कयौँको सहादतले आएको हो । अब मुख्यमन्त्रीले मार्गप्रशस्त गरेर अख्तियारको छानबिनमा सघाउनुपर्छ उनले भने ।’

सोनलले सरकारले गरेका कामको संवैधानिकतामाथि पनि प्रश्न उठाउँदै गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको ४३ दिनपछि मात्रै विश्वास मत लिनुले कति संवैधानिक भन्दै उनले प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077