Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी दुई खेलमा नेपालसँग भारत पराजित, यस्तो छ तथ्याङ्क

काठमाडौं – साफ च्याम्पियनसीपको आफ्नो तेस्रो खेलमा नेपालले भारतको सामना गर्दैछ। खेल नेपाली समयअनुसार आइतबार राति ९ः४५ बजे शुरु हुनेछ।

साफ च्याम्पियनसीपमा पहिलो र दोस्रो खेल जितेको नेपाल हाल अंक तालिकाको शीर्षस्थानमा रहेको छ। पहिलो खेलमो साबिक विजेता माल्दिभ्सलाई १–० गोलले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले पराजित गरेको थियो।

नेपाल र भारत दुबै उपाधि दाबेदार टोली हुन्। यी दुई टोलीलाई प्रतिस्पर्धाको सबैभन्दा बलिया टोलीका रुपमा हेरिएको छ। हालसम्म नेपाल र भारतबीच सबैखाले प्रतिस्पर्धामा गरी २१ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेपालले २ खेलमात्र जितेको छ। १४ खेल भारतले जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ।

नेपालले आजसम्म भारतलाई २ खेलमा मात्र हराउन सकेको छ। नेपालले सन् १९९३ को डिसेम्बरमा ढाका बंगलादेशमा भारतविरुद्ध पहिलो जित निकालेको थियो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। नेपालले पेनाल्टीमा ६–५ गोलले भारतलाई हराउँदै ऐतिहासिक जित निकालेको थियो।

नेपालले भारतविरुद्ध सन् २०१३ को सेप्टेम्बरमा दोस्रो जित निकालेको थियो। साफ च्याम्पियनसीपको समूह ए को खेलमा नेपालले भारतलाई २–१ गोलले पराजित गरेको थियो। त्यसपछिका ७ खेलमा नेपालले भारतलाई हराउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077