Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईपीएल : बैंगलोरविरुद्ध हैदरावादको रोमाञ्चक जित

काठमाडौं । आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ।

गएराति अबुधाबीमा भएको खेलमा हैदरावादले बैंगलोरलाई ४ रनले पराजित गरेको हो। हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनमा समेटियो।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए। एबी डी भिलियर्सले अविजित रहदै १९ रन बनाए। शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन बनाए।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए।

जितपछि पनि १३ खेलमा ६ अंक जोडेको हैदरावाद पुछारमा नै छ। बैंगलोर १६ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077