Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अर्जेन्टिना र पाराग्वे भिड्दै, यस्तो छ हालसम्मको नतिजा

एजेन्सी । विश्वकप छनोटको खेलमा अर्जेन्टिना र पाराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार शुक्रबार बिहान ४ः४५ बजे शुरु हुनेछ।

हालसम्म यी दुई टोली सबैखाले प्रतियोगितामा १ सय ९ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये ५९ खेल अर्जेन्टिनाले जितेको छ। त्यस्तै पाराग्वेले १६ खेल जितेको छ। ३४ खेल बराबरीमा सकिएको छ।

यो तथ्याङ्कलाई हेर्दा अर्जेन्टिना पाराग्वेभन्दा बलियो देखिएको छ। पछिल्लोपटक दुई टोलीको भेट कोपा अमेरिकामा भएको थियो। गत अक्टोबरमा भएको सो खेलमा अर्जेन्टिना १–० गोलले विजयी भएको थियो।

दक्षिण अमेरिकी छनोटको अंक तालिकामा अर्जेन्टिना दोस्रो स्थानमा छ। अर्जेन्टिनाले ८ खेलबाट ५ जित र ३ बराबरीका साथ १८ अंक जोडेको छ। समान खेलमा शतप्रतिशत जित निकालेको ब्राजिल २४ अंकका साथ शीर्षस्थानमा छ। पाराग्वे ११ अंकका साथ छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077