Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्षले हाम्फालेर आत्महत्या गरे

काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका  छन् ।

बिहीबार बिहान काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

एसएसपी सिंहका अनुसार डिप्रेसनको शिकारमा रहेका चतुर्देवीले घरको चार तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन् । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै देखिएको छ’ सिंहले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

तर उनले किन हाम फाले भन्ने खुलेको छैन । प्रहरीले चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको एसएसपी सिंहले बताए ।

तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैरकानुनी सम्पती आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077