Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाफलबाट १९ जना जुवाडे लाखौं नगदसहित पक्राउ

काठमाडौँ । प्रहरीले १९ जना जुवाडेलाई कौडा, तास र नगदसहित पक्राउ गरेको छ । बुधबार राती महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बाफलस्थित रेजु श्रेष्ठको घरबाट पक्राउ गरेको हो ।

प्रहरी वृतका प्रमुख डीएसपी अपिलराज बोहराका अनुसार उनीहरुलाई गोप्य सुचनाको अधारमा पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले दुई लाख ६८ हजार नगदसहित ७ बुक तास,  ३३ थान कौडा, २८ थान बिभिन्न कम्पनीका मोबाईलहरु र विभिन्न कम्पनि तथा व्यक्तिका नाममा काटिएका चेक समेत बरामद गरिएको  डीएसपी बोहराले बताए।

पक्राउ परेकाहरुलाई कारबाहीको लागि थप आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077