Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्री छान्ने जिम्मा माधव नेपाललाई दिएपछि एमाले नेता पोखरेलले गरे ओलीसँग जोडेर यस्तो टिप्पणी

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएमा टिप्पणी गरेका छन् ।

बिहीबार बिहान बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्री छान्ने जिम्मा दिएपछि एमाले नेता पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।

पहिले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मन्त्री छान्ने जिम्मेवारी दिँदा त्यो अधिकार कमिटीको हो भनेर नथाक्ने नेपालले अध्यक्ष भएपछि त्यसको जिम्मेवारी लिएको भन्दै उनले कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्, 'केपी ओली अध्यक्ष भएका वेला मन्त्री छान्ने अधिकार कमिटीको हो भनि नथाक्ने माधव नेपाल आफु अध्यक्ष भएसी त्यो अधिकार आफैसंग राख्नु भएछ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077