Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

श्रीलंकाका प्रशिक्षकले भने, ‘साफ च्याम्पियनसीपमा नेपाल एकमात्र बलियो टोली’

काठमाडौं । श्रीलंकाका मुख्य प्रशिक्षक अमिर अलागिचले साफ च्याम्पियनसीपमा नेपाल मात्रै बलियो टोलीका रुपमा देखिएको बताएका छन्। अमिरले नेपालको प्रदर्शन झन्झन् माथि हुँदै गइरहेको बताएका हुन्।

उनले फुटबलमा बलियो टिम र सन्तुलित टिमले नभएर स्मार्ट टिमले खेल जित्ने बताएका हुन्। ‘म मैले १८ महिनादेखि लगाएको कडा मिहिनेतको नतिजा देख्न चाहन्छु,’ उनले भने, ‘फुटबलमा बलियो वा तन्दुरुस्त टोलीले हैन स्मार्ट टोलीले खेल जित्छ।’

अमिरले थपे, ‘यो प्रतियोगितामा एकमात्र टिम नेपाल हो जुन झन्झन् माथि गइरहेको छ।’ साफ च्याम्पियनसीपको अंक तालिकामा हाल नेपाल शीर्षस्थानमा छ। नेपालले आफूले खेलेको दुबै खेलमा जित निकालेको छ।

बंगलादेशले एक खेलमा जित र एकमा बराबरी गरेको छ। भारतले भने दुई खेलमा बराबरी गरेको छ। नेपालको ६, बंगलादेशको ४ र भारतको २ अंक रहेको छ। श्रीलंकाकाे १ अंक छ भने माल्दिभस अंकविहीन छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077