Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

    देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । आज पनि देशभरको मौसम बदली भएको छ। भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको महाशाखाले जनाएको छ।

    सोही प्रभावले अहिले प्रदेश– १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मुलुकभर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



    अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन बाहिरिन केही दिन लागेकाले पनि वर्षाको क्रम नरोकिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कम्तीमा आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार