Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विद्यार्थीको आत्महत्या दुरुत्साहन आरोपमा प्रिन्सिपल पक्राउ, मोबाइलमा भेटियो अश्लील म्यासेज र तस्बिरहरु

बाँके । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुरस्थित दीपज्योति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डे रहेका छन् । उनलाई आफ्नै छात्राको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक साताअघि सोही स्कुलबाट गत वर्ष एसईई परीक्षा दिएकी १७ वर्षीया एलिसा शाहले आत्महत्या गरेकी थिइन् ।

मृतकको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएका अश्लील म्यासेज र तस्बिर देखिएपछि मृतकका परिवार र आफन्तले आत्महत्या गराउनुमा प्रिन्सिपलको भूमिका देखिएको भन्दै स्कुलमा ढुंगामुडासमेत गरेका थिए ।

पक्राउ परेका प्रिन्सिपल पाण्डेले छात्रा शाहलाई वर्षौँदेखि दुर्व्यवहार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको बताइएको छ। प्रहरीका अनुसार प्रिन्सिपल पाण्डेले बाल्यकालदेखि उक्त स्कुलको होस्टेलमा बसेर पढेकी शाहलाई  त्यसबेलादेखि नै  उनले अश्लील म्यासेज र तस्बिर पठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

गत साता शाह आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । घटनापछि उनको मोबाइलमा पाण्डेले अश्लील एसएमएस पठाउने गरेको पाएपछि परिवार र आफन्तले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077