Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ च्याम्पियनसीप : आइतबार दुई महत्त्वपूर्ण खेल हुँदै, कसको भिडन्त कोसँग ?

काठमाडौं । साफ च्याम्पियनसीप अन्तर्गत आइतबार दुई खेल हुँदैछ। आइतबारको पहिलो खेलमा माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ४ः४५ बजे शुरु हुनेछ।

त्यस्तै आइतबारको दोस्रो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। सो खेल राति ९ः४५ बजे शुरु हुनेछ। नेपाल र भारतलाई उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ। तर भारतले यसअघिका दुबै खेलमा बराबरी गरेको छ।

आफूले खेलेको दुबै खेलमा जित निकालेको नेपाल अंक तालिकाको शीर्षस्थानमा छ। नेपालको ६ अंक छ। बंगलादेशको ४ अंक छ। ३ अंकका साथ माल्दिभ्स तेस्रो स्थानमा छ। भारत २ अंकका साथ चौथो स्थानमा छ।

बंगलादेश र श्रीलंकाले ३–३ खेल खेलेका छन्। नेपाल, भारत र माल्दिभ्सले २–२ खेल खेलेका छन्। नेपालले बाँकी दुई खेलमध्ये एक खेलमा मात्र जित निकालेमा फाइनलमा प्रवेश गर्नेछ।

यदि एक खेलमा बराबरी गरेर अर्को एक खेलमा थोरै गोलअन्तरले पराजित भएमा पनि नेपाल फाइनलमा पुग्ने लगभग पक्का छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077