Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेशन्स लिगको उपाधिका लागि स्पेन र फ्रान्स भिड्दै, हालसम्मको तथ्याङ्कमा को बलियो ?

एजेन्सी – युईएफए नेशन्स लिगको फाइनल खेलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। सो खेल नेपाली समयअनुसार आइतबार राति (सोमबार बिहान) १२ः३० बजे शुरु हुनेछ।

दुबै टोली विश्व फुटबलमा वर्चश्व कायम गरेका बलिया टोली हुन्। सेमिफाइनल खेलमा इटालीलाई पन्छाउँदै स्पेनले फाइनलमा स्थान बनाएको थियो। त्यस्तै फ्रान्सले सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गरेको थियो।

हालसम्म स्पेन र फ्रान्सबीच ३५ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये १७ खेल स्पेनले जितेको छ भने १२ खेल फ्रान्सले जितेको छ। ७ खेल भने बराबरीमा सकिएको छ।

अघिल्लोपटक नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको थियो। त्यससँगै पोर्चुगल नेशन्स लिगको उपाधि जित्ने पहिलो टोली बनेको थियो। नेशन्स लिगमा ५५ देश सहभागी हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077