Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले भारतलाई जित्ने सम्भावना एक प्रतिशत : प्रशिक्षक अलमुताइरी

काठमाडौं । साफ च्याम्पियनसीप अन्तर्गतको खेलमा आइतबार नेपालले भारतको सामना गर्दैछ। खेल नेपाली समयअनुसार आइतबार राति ९ः४५ बजे शुरु हुनेछ।

भारतसँगको खेलअघि बोल्दै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतलाई जित्ने सम्भावना एक प्रतिशत रहेको बताएका छन्।

भारत बलियो टोली भएको जानकारी दिँदै उनले भभारतले नेपाललाई जित्ने सम्भावना ९५ प्रतिशत रहेको बताएका हुन्।

‘भोलीको खेल महत्त्वपूर्ण छ। भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो , सात पटकको विजेता हो। यू–२३ टोलीले नै उपाधि जितेको इतिहास छ’, उनले भने, ‘भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ , बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ।’

‘विश्व वरीयतामा हामी भन्दा भारत निकै माथि छ। तर हामी उनीहरुसँग डराउँदैनौं। सम्मान गर्छौं’, उनले भने,‘ हामी जित्नका लागि प्रयास गर्नेछौं।’

नेपाली टोलीले गत महिला दशरथ रंगशालामा भारतविरुद्ध २ मैत्रीपूर्ण खेल जितेको थियो। भदौं १७ गतेको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो।

भारतलाई नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब छ। आफूले खेलेको दुबै खेलमा बराबरी गरेको भारत २ अंकका साथ चौथो स्थानमा छ। २ खेलमा शतप्रतिशत जित निकालेको नेपाल ६ अंकका साथ शीर्षस्थानमा छ। बंगलादेश ४ अंकका साथ दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077