Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'सिंहदरबार भ्रष्टाचारीको अखडा' भन्दै नयाँ पार्टी गठन गर्ने रमेश खरेलको घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेल अन्ततः राजनीतिमा प्रवेश गर्ने भएका छन् ।

आईजीपी बन्न नसकेपछि राजीनामा दिएर नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहेका खरेलले आज पत्रकार सम्मेलन गरेर पार्टी गठन गर्ने घोषणा गरेका हुन् । यसअघि नेपाल सुशासन अभियानका संयोजक खरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका थिए ।

भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार सम्मेलनमार्फत बताए।

यस्तै, कार्यक्रममा खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताए । त्यो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताए।

कार्यक्रममा सिंहदरबार भ्रष्टाचारीको अखडा भएको भन्दै खरेलले भने, 'सिंहदरबार भ्रष्टाचारीको अखडा हो, बेइमानहरूलाई समर्थन नगरीदिनुहोला। प्रदेश, स्थानीय तहका मानिस रातारात करोडपति भएका छन्।  दलालहरूले देशलाई बन्धक बनाएर रातारात अर्बपति भएका छन्।'

पछिल्लो समय खरेलले कुशासन, भ्रष्टाचार र वेथितिको विरुद्ध आवाज उठाउँदै आइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077