Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाँणकै आदेशमा सुकुम्बासीमाथि गोली हानिएको महेश बस्नेतको आरोप

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रुपन्देहीको मोतिपुरमा भएको घटनालाई लिएर गृहमन्त्री बालकृष्ण खाँणलाई कटाक्ष गरेका छन्।

आइतबार मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा झडप हुँदा चार जना स्थानीयको मृत्यु भएको थियो भने प्रहरीसहित ५० जना घाइते भएका थिए ।

यसै बिषयलाई लक्षित गरेर सोमबार बिहान सामाजिक सञ्जालमार्फत् नेता बस्नेतले उद्योगमन्त्री गजेन्द्र हमालले नैतिकता देखाएर राजिनामा दिएको स्मरण गर्दै गृहमन्त्रीसँग त्यो आँट छ कि छैन भनेर प्रश्न समेत गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन् 'गृहमन्त्री राजिनामा दे ! परमादेश पाएर सरकार बन्नासाथ भुमीहिन सुकुम्बासी आयोग भङ्ग गर्‍यो । दशैको मुखमा गृह मन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको छ । दर्जनौं घाइते बनाएको छ। यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको छ ।उधोग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजिनामा दिने आँट गृह मन्त्री बाल कृष्ण खाड संग छ कि छैन ? नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ?'

तिमीहरुले प्रतिगामी भनेको केपी सरकार हुन्थ्यो भने अहिले भुमिहिनलाई “जग्गा “ बितरण गर्थ्यो। तिम्रो कथित अग्रगामी सरकार छ र त अहिले भुमिहिनलाई “गोली “ बितरण गर्दै छ । त्यसैले जनता भन्दैछन् "तिम्रो कथित अग्रगामी सरकार मुर्दाबाद"।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077