Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सिरहाबाट लागूऔषधसहित तीन जना पक्राउ

रामनारायण यादव / सिरहा । प्रहरीले सिरहाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ परेका छन् । सिरहाको सिरहा नगरपालिका वडा नम्वर १५ बुधौरा दशगजा क्षेत्रका लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नम्वर २१ लकडीगोठ बस्ने १९ वर्षीय वर्षीय मिलेश कर्ण, २६ वर्षीय बंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ९ बस्ने निकित कुमारको साथबाट लागूऔषध नेट्राभेन ३ सय टयाक्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

तीन जना सवार बीआर ३२एजी५५११ नम्वर को भारतीय मोटरसाइकलमा सवार भई आईरहेको अवस्थमा प्रहरी टोलीले उनीहरुलाई चेक जाँच गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077