Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बुटवलमा सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले रुपन्देहीको मोतीपुर क्षेत्रमा सुकुम्बासी मारिएको घटनाको विषयमा निष्पक्ष छानबिन गर्न सरकारसमक्ष माग गरेको छ।

आइतबार राष्ट्रियसभा बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाए ।

यस्तै भट्टराईले अहिले अरुका लागि दशैँ आएको तर सुकुम्बासीका लागि दशा आएको बताए । 'आज अरुका लागि दशैं आएको छ, सुकुम्बासीका लागि दशा आयो, त्यही जिल्लाका गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको छ ?’ भट्टराईले प्रश्न गरे, ‘कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? मलाई उदेक लाग्छ ।’

आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो  भने ३१ जनाभन्दा बढी घाइते भएका थिए।

प्रहरीले हिजो चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी समत गरेको छ।



[insert page='91427' display='yopanipadhnuhos.php']


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077