सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरिएको छ । अध्यक्ष यादवकै निर्वाचन क्षेत्रमा मधेसी युवा समाजका कार्यकर्ताहरुले उनको पुतला जलाएका हुन् ।
राजबिराजस्थित मधेसी युवा समाजले जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्रको पुतला दहन गरेको छ । सोमबार सझ ६ बजे विद्युत प्राधिकरणको अगाडिको चोकमा युवाहरूले पुतला दहन गरेको हो ।
चिनिया दलाल मुर्दावाद, उपेन्द्र यादव प्रचण्डको दलाल, प्रदेश २ को इस्लामीकरण बन्द गर, प्रदेश २ को तिव्व्तीकरण बन्द गर जस्तानारा लगाएका थिए ।
उनीहरुले अध्यक्ष यादवको राजीनामा माग समेत गरेको छ । जसपाले वर्तमान सरकारमा पठाएको मन्त्री समावेशी नभएको भन्दै पार्टीभित्र तीब्र असन्तुष्टि रहेको छ ।