Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेस नेता सिटौलाले भने – पार्टीको अधिबेशनमा पैसाको प्रभाव पर्‍यो

    कांग्रेस नेता सिटौलाले भने – पार्टीको अधिबेशनमा पैसाको प्रभाव पर्‍यो

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको अधिबेशनमा पैसाको प्रभाव परेको वताएका छन्। नेता सिटौलाले पार्टीका धेरै नेता/ कार्यकर्ता धनीमनी भइसकेको वताएका हुन।

    वीपी संग्राहलय सुन्दरीजलमा दशैं, तिहार तथा छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले भने, ‘पार्टीको १४औं महाधिवेशनका क्रममा केही स्थानमा सम्पन्न भएका अधिवेशनका गतिविधि हेर्दा पार्टीका धेरै नेता कार्यकर्ता धनीमनी भइसकेको र कतैकतै अधिवेशनमा पैसाको प्रभाव



    परेको देखिएको छ, त्यस्ता कार्यले समाज बन्दैन, पार्टी बन्दैन, मेरो प्रष्ट मुल्यांकन छ, सैद्धान्तिक धार, नीतिगत धार, बैचारिक धार र संघर्षको धारलाई त्यस्ता गतिविधिले किल गर्ने खतरा रहेको छ ।’



    उनले १४औं महाधिवेशनका क्रममा धेरैजसो जिल्लामा वडा तथा पालिका तहको अधिवेशन सम्पन्न भइसकेको र केही हिमाली जिल्लामा जिल्ला अधिवेशनसमेत भइसकेको बताए ।

    राजनीति गर्ने व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर समाजको स्वार्थका लागि काम गर्नु पर्ने भन्दै सिटौलाले वीपि, गणेशमान र कृष्णप्रसाद भट्टराईको चिन्तनधारा सोही किसिमको रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार