Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कर्णाली नदी थुनिदा प्रहरी चौकीसहित सयौं घर जोखिममा

    कर्णाली नदी थुनिदा प्रहरी चौकीसहित सयौं घर जोखिममा

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 2.6K
    SHARES

    बाजुरा । सुख्खा पहिरोले गर्दा कर्णाली नदि थुनिदा बाजुरामा संकट पैदा भएको छ । बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका–१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको हो ।

    कर्णाली प्रदेशको हुम्ला, मुगुसँगै बाजुरा हुँदै बग्ने कर्णाली नदीमा सुख्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती समस्यामा परेका हुन् ।



    जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो । दुई महिनायताको लगातार सुख्खा पहिरोले गर्दा कर्णाली नदी थुनिन थालेपछि नदी आसपास तथा छेउछाउमा बसोबास गर्ने स्थानीय त्रसित भएका छन् ।



    झुगलापाटा भिर फुट्दा स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एक रुडी गाउँ, जगन्नाथ गाउँपालिकाको कार्यालय, जुड्डी प्रहरी चौकीलगायतका आसपासका क्षेत्र उच्च जोखिममा परेका बताइएको छ ।

    स्वामीकार्त्तिक खापर गाउँपालिका वडा नं एकको रुडि गाउँको तल र छुद्यदरी गाउँको नजिकै सुख्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    एक्कासी पहिरो खस्दा आज विहान १०ः१५ मिनेटसम्म कर्णाली नदी थुनिएपछि नदी वरपरका स्थानीय आत्तिसकेका भए पनि केहीबेर पछि नदीको एक तर्फबाट पानी बग्न सुरु भएको स्थानीयले बताएका छन् ।

    स्वामीकार्त्तिकको रुडि गाउँको आसपासबाट पनि निरन्तर पहिरो जान थालेपछि रुडि गाउँका करिब १५० बढी घरपरिवार उच्च जोखिममा रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार