Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एकैपटक १७ जनाले कर्णाली नदीमा हाम फाले, एक युवक बेपत्ता

    एकैपटक १७ जनाले कर्णाली नदीमा हाम फाले, एक युवक बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 5K
    SHARES

    कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।

    सोमबार दिउँसो कर्णाली पुलबाट १७ जनाले हाम फालेकोमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका हुन् ।



    उनीसँगै हाम फालेका १६ जना भने पौडी खेलेर बाहिर आएका थिए । तर उनी भने नदीमा डुबेर बेपत्ता भएका हुन् ।



    उनीहरुले होली पर्वको रमाइलोबीच पौडी खेल्न नदीमा हाम फालेको बताइएको छ । तर पनि हाम फाल्नुको कारण खुल्न सकेको छैन् ।

    बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार