Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर्णाली नदीमा डुंगा दुर्घटना : ३ जना बेपत्ता, दुई गम्भीर घाइते

    कर्णाली नदीमा डुंगा दुर्घटना : ३ जना बेपत्ता, दुई गम्भीर घाइते

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    कैलाली । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा जिल्लाको मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० वर्षीय छोरा रहेका छन्।



    उनीहरु मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार डुंगामा १० जना खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै थिए। दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् ।

    घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । १९ वर्षीया धनसराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट खटिएको प्रहरी टोलीले खोज तथा उद्धार कार्य गरिरहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार