Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बंगलादेशको सामना गर्दै नेपाल, हालसम्म २३ पटक प्रतिस्पर्धा हुँदा को बलियो ? यस्तो छ तथ्याङ्क

काठमाडौं । नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएका छन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र बंगलादेशबीच अहिलेसम्म सात खेल भएकोमा त्यसमध्ये नेपाल तीनमा विजयी रहेको छ भने चार खेल बंगलादेशको पक्षमा रहेको छ ।

त्यसमध्ये पछिल्ला तीन खेलमा नेपाल लगातार विजयी रहेको छ । समग्र २३ खेलमध्ये नेपालमा सातमा विजयी रहेको छ भने चार खेल बराबरीमा टुंगेका छन् । बाँकी १२ खेलमा भने बंगलादेशले जित निकालेको छ ।

यी दुई टिमबीचका पहिला पाँच खेलमा नेपाल दुईमा विजयी रहेको छ । यस्तै दुई खेल बराबरीमा टुंगेको छ भने एक खेलमा बंगलादेशले सफलता चुमेको छ । यसरी समग्रमा हेर्दा नेपाल भन्दा बंगलादेश बलियो भन्न सकिन्छ । तर, आज नेपालले बराबरी खेले मात्रै पनि फाइनलमा यात्रा तय गर्नेछ ।

त्यसैले पनि राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिम पनि घोषणा गरेका छन् ।

त्यसमा कप्तान किरण लिम्बूसँगै दिनेश राजवंशी, अनन्त तामाङ, गौत्तम श्रेष्ठ, पुजन उपरकोटी, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, आयुष घलान र रोहित चन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077