Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ च्याम्पियनसिप: बंगलादेशलाई सुरुवाती अग्रता, नेपाल एक शुन्यले पछाडि

काठमाडौं ।  साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालविरुद्ध लिग चरणको अन्तिम खेलमा बंगलादेशले सुरुवाती अग्रता लिएको छ ।

बंगलादेशका लागि आठौं मिनेटमा नै सुमन रेजाले गोल गरेका हुन् ।

त्यसअघि खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो ।

उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन् । लगत्तै दुवै टोलीले आक्रामक प्रस्तुति गरेपनि गोलरक्षकलाई समस्या दिन सकेनन् ।

नेपालको टीममा कप्तान किरण लिम्बूसँगै दिनेश राजवंशी, अनन्त तामाङ, गौत्तम श्रेष्ठ, पुजन उपरकोटी, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, आयुष घलान र रोहित चन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077