Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल भर्सेस बंगलादेश: पहिलो हाफमा नेपाल १-०ले पछाडि

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध बंगलादेशले १-० गोलको अग्रता बनाएको छ ।

बंगलादेशका लागि खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै सुरुआती अग्रता दिलाएका हुन् । पहिलो हाफमा बल पोसेसनमा पकड बनाएको नेपालले केहि गोलको अवसर खेर फालेको थियो ।

नेपालले फाइनलको यात्रा तय गर्न आजको खेलमा कम्तिमा बराबरी खेल्नु पर्नेछ। नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १-० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077