Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीले आज र भोलि निःशुल्क बस सेवा सञ्चालन गर्ने, कुन-कुन रुटमा चल्दैछन् ?

काठमाडौं । दशैँको अवसरमा सशस्त्र प्रहरी बलले आज र भोलि दुई दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। महानवमी र विजयादशमीको दिन एपिएफले काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।

एपिएफका अनुसार यो सेवा आज बिहान १० बजेदेखि भोली साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। बस दुइटा रूटमा सञ्चालन भई चक्रपथ परिक्रमा गर्नेछ।

पहिलो रूटमा एपिएफको प्रधान कार्यालय हलचोकदेखि वनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी हुँदै हलचोक फर्किनेछ।

दोस्रो रूटमा हलचोकबाट स्वयम्भू चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुँदै हलचोकसम्म बस गुड्ने एपिएफले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077