Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्ड माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछि लागे : प्रभु साह

बारा। नेकपा एमालेका नेता  प्रभु साहले नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेको आरोप लगाएका छन्। ।

गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले  अब प्रचण्ड पुष्पकमल दाहाल मात्र रहेको बताए ।

साहले माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा कम्युनिस्ट हुनै नसक्ने दाबी गरे ।

साहले रावण र महिसासुर सतामा मातिए जसरी प्रचण्ड र नेपाल मातिएर केपी ओली प्रधानमन्त्री बनेको ६ महिनामै देउवातर्फ लागेर देशलाई पछाडि धकेल्ने काम गरेको आरोप लगाए । नेपाली जनताले आफ्नो ज्यानको आहुति दिएर प्रचण्डलाई राष्ट्रिय नेता बनाएको वताउँदै उनले भने, 'प्रचण्डले जनतालाई धोका दिएका छन् तर जनतालाई धोका दिने सँधै बेघर हुन्छ । '

कार्यक्रममा सांसद कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रीना साह, उपप्रमुख गौरी शंकर जयसवाल, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, नेताहरू त्रिभुवन साह, मनोज यादव जयप्रकाश कौशल, ठागा दास लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077