Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फाइनल खेलमा अलमुताइरी निलम्बित, नेपालको जितमा साफले रिसिइबी साँधेको आरोप !

काठमाडौँ । साफ च्याम्पियनसिपको फाइनल खेलका लागि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी निलम्बित भएका छन् ।

यसअघिका श्रीलंका र बंगलादेशविरुद्धको खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ । तर, प्रशिक्षक अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् ।

उनले आफूलाई कारबाही गर्न कै लागि नियम परिवर्तन गरिएको आरोप लगाएका छन् । यता माल्भ्सिविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड खाएर फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो षड्यन्त्र गरिएको अलमुताइरीको आरोप छ।

यस्तै, नेपालका अन्जन विष्टले पनि लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाका कारण भारतविरुद्धको फाइनल खेल गुमाउने  भएका छन्।

भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077