Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेटौंडामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा –१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा – १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077