Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतले जित्यो आठौं पटक साफ च्याम्पियनसिपको उपाधि, नेपाल ३-० ले पराजित

काठमाडौँ । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।  भारतले उपाधि जितेसँगै पहिलो पटक फाइनल खेलेको नेपालको ट्रफी चुम्ने धोको भने अपुरै रहेको छ ।

शनिबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई ३ -० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

भारतका लागि खेलको  ४८औँ मिनेटमा  कप्तान सुनिल क्षेत्रीले लागि पहिलो गोल गरेका थिए ।  लगत्तै खेलको ४९ औ मिनेटमा भारतले नेपालविरुद्ध दोस्रो गोल गरेको थियो । यसपटक भारतका लागि सुरेश सिंहले गोल गरेका थिए।

यस्तै, खेलको ९० औं मिनटमा भारतका साहल अब्दुलले अर्को गोल गरेका थिए।

पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने फितलो प्रदर्शन गर्न पुगेको थियो।

फाइनल अघि भारत र नेपालले समूह चरणको खेलमा पनि खेलेका थिए । जसमा पनि नेपाल एक शुन्यले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077