Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फुटबल टोली सोमबार स्वदेश फर्कँदै, भव्य स्वागत गर्न प्रशिक्षक अलमुताइरीको आग्रह

काठमाडौं – दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्कँदै छ। फाइनल खेलमा भारतसँग पराजित भएको नेपाली टोली सोमबार नेपाल आउन लागेको हो।

मालेबाट त्यहाँको स्थानीय समयअनुसार आइतबार राति नौं बजे उड्ने राष्ट्रिय टोली कतार एयरलाइन्सको विमानबाट दोहा हुँदै सोमबार बिहान नौं बजे काठमाडौं आइपुग्ने छ। टिमसँग कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल आउने छैनन्। अलमुताइरी उतैबाट केही दिनका लागि आराम गर्न घर जानेछन्।

अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल पुगेपछि यही प्रतियोगिता नेपाली टोलीसँग आफ्नो लागि अन्तिम हुने बताएका थिए। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलमा भारतसँग ३–० को नतिजामा पराजित भएपछि पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य असफल भएको थियो।

आफू तत्काल नेपाल नआएपनि फुटबलको टोलीको भव्य स्वागत गर्न अलमुताइरीले नेपाली समर्थकहरुलाई आग्रह गरेका छन्। प्रतियोगितामा खेलाडीको प्रदर्शन प्रशंसायोग्य भएको जानकारी दिँदै उनले विमानस्थलमा गएर टोलीलाई स्वागत गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077