Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जम्मु–कश्मीर मुठभेड : ९ भारतीय सेनासहित २२ जना मारिए

एजेन्सी – भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा जारी मुठभेडमा ९ भारतीय सेनासहित २२ जना मारिएका छन्।

त्यहाँ सोमबारदेखि सेना र आतंकवादी समूहबीच मुठभेड जारी छ।

मारिनेहरुमा भारतीय सेनाबाहेक १३ आतंकवादीहरु रहेको बताइएको छ। भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो।

अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए।

सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान भयो र थप दुई जवान मारिएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको छ।

कश्मीरको कुलमागमा आइतबार दुई जना गैरकश्मीरी नागरिकको गोली हानेर हत्यासमेत भएको छ।

आतंकवादी समूहले त्यस क्षेत्रमा सक्रियता बढाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077