Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ उपविजेता खेलाडीहरुले जनही ५ लाख पाउने

काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएको छ । विहान स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए भने विमानस्थलमा सयौंको संख्यामा प्रशंसकहरुको भीड लागेको थियो ।

नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेजमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई विमानस्थलमा फुटबल प्रेमीहरुले भव्य स्वागत गरेका थिए ।

स्वागत गर्न विमानस्थल पुगेका मन्त्री गहतराजले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । उनले प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपाली फुटबलमा आशा र भरोसा जगाएको भन्दै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट फुटबलको विकासका लागि सक्दो पहल गर्ने बताए ।

फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल धून बजाएको थियो । प्रशंसकहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए ।

माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भयो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077