Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

एक सातापछि लाइसेन्सको आवेदन खुल्दै

काठमाडौं । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन ६ महिनापछि खोल्ने तयारी गरेको छ ।

महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली आगामी एक सातापछि खोल्न तयारी भइरहेको विभागले जनाएको छ ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी भइरहेको छ । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् ।

यसअघि आवेदन दिएकाहरुलाई भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा लिन शुरु गरिएको थियो । प्रवक्ता भुसालका अनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ५ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेका छन् ।

कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने तयारी भइरहेको विभागले जनाएको छ । कति कोटा तोकिन्छ भन्ने बारे भने विभागले केही खुलाएको छैन । कोटा तोकेर आवेदल लिंदा पहिलेजस्तो वर्षौं कुर्नुपर्ने अवस्था भने नआउने विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077