Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भेट्न बोलाएर पूर्वप्रेमीले गरे युवतीको दर्दनाक हत्या

एजेन्सी । दिल्लीमा एक युवतीको हत्याको घटना सार्वजनिक भएको छ। पूर्वप्रेमीले भेट्नका लागि भन्दै युवतीलाई घरबाट बोलाएर चक्कु प्रहार गरी हत्या गरेका छन्।

आरोपी युवतीको छिमेकी भएको बताइएको छ। प्रहरीले हाल घटनाबारे अनुसन्धान शुरु गरेको जानकारी दिएको छ। घटना दिल्लीको द्वारका जिल्लाको हो।

हत्या आरोपी युवक युवतीको पूर्वप्रेमी भएको बताइएको छ। आरोपीको नाम अंकित गाबा हो।

घटना भएको समयमा उनको साथमा हिमान्सु र मनिष नामका युवक पनि सँगै भएको खुलासा भएको छ।

मृतक २४ वर्षीया डोली रहेको प्रहरीले जानकारी दिएको छ।

चक्कु प्रहार भएपद्धि रगताम्य भएकी युवती आफैं घिँस्रिदै अस्पताल गएकी थिइन्। तर उनी बाँच्न भने सकिनन्।

युवती अस्पताल पुगेपछि मात्र प्रहरीले घटनाबारे जानकारी पाएको थियो।

अस्पतालका डाक्टरका अनुसार युवतीको शरिरमा सातपटक चक्कु घुसाइएको थियो। प्रहरीले घटनामा संलग्नहरुको खोजी भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077