Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकामा पसल चलाइरहेका नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको मासाचुसेट्स राज्यमा एक नेपालीको हत्या भएको छ। त्यहाँ पसल सञ्चालन गरिरहेका ५४ बर्षीय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो।

त्यहाँको स्थानीय सञ्चारमाध्यका अनुसार महासेठ मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बस्दै आएका थिए। उनको महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै छन्।

अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली चलाएको प्रहरीले जानकाकरी दिएको छ। फल रिभर प्रहरीलाई राति १०ः३० बजे उक्त पसलमा गोली चलेको खबर आएको थियो। घटना सोमबार राति भएको हो।

प्रहरीले गोली हान्ने व्यक्तिको खोजी गरिरहेको छ। गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इन्च अग्लो भएको जानकारी दिँदै प्रहरीले स्केच समेत सार्वजनिक गरेको छ।

महासेठ मधेसी एसोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य थिए। उनी न्यू इङल्यान्ड शाखाका संस्थापक अध्यक्ष र केन्द्रीय सल्लाहकार पनि रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077