Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सल्यानटारमा तिहार विशेष फुटबल प्रतियोगिता हुँदै

धादिङ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-२ सल्यानटारमा तिहारको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

सल्यानटारस्थित सल्यानटार फुटबल क्लवले आयोजना गर्न लागेको (7A side) खुल्ला प्रतियोगितामा भाग लिन इच्छुक टोलीलाई दर्ताका लागि आह्वान खुल्ला गरिएको क्लवका सदस्य निकेश भट्टराईले अनलाइन नेपाललाई जानकारी दिए ।

भट्टराईका अनुसार ७ हजारमा रुपैयाँमा आफ्नो टीम दर्ता गर्न सकिनेछ । साथै खेलका लागि १५ सय दर्ता बाहेक छुट्टै डिपोजिट गर्नुपर्नेछ । यस्तै, टीम दर्ता गर्दा ७ जना खेलाडीसहित ५ जना अतिरिक्त खेलाडी, टीम म्यानेजर र टीम कोचको अनिवार्यता रहेको भट्टराईले बताए ।

प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ र दोस्रो हुनेले ३३ हजार ३३३  नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077