Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

एमबाप्पेले भने, ‘मलाई पेनाल्टी हान्न दिनु मेसीको महानता’

एजेन्सी – च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा पेरिस सेन्ट जर्मन(पिएसजी)ले आरबी लेइपजिगलाई ३–२ गोलले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा पिएसजीलाई जिताउन केलिएन एमबाप्पेले एक र लियोनल मेसीले २ गोल गरे।

लेइपजिगका लागि आन्द्रे सिल्भा र मुकिएलेले गोल गरेका थिए। उक्त खेलमा मेसीले एक गोल पेनाल्टीमार्फत गरेका थिए। खेलको अन्तिम समयमा पनि पिएसजीले पेनाल्टी पाएको थियो।

सो पेनाल्टीमार्फत मेसीलाई ह्याट्रिक गर्ने अवसर थियो। तर मेसीले पेनाल्टी हान्ने अवसर एमबाप्पेलाई दिए। एमबाप्पेले पेनाल्टी मिस गरे। खेलपछि प्रतिक्रिया दिँदै एमबाप्पेले मेसीको प्रशंसा गरेका छन्। उनले पेनाल्टी आफूलाई दिनु मेसीको महानता भएको बताए। उनले आपसी समझदारीमा पेनाल्टी आफूले हानेको बताएका हुन्।

‘मेसी महान छन्। उनी विश्व फुटबलका उत्कृष्ट खेलाडी हुन्,’ उनले भने, ‘उनीसँगै खेल्न पाउनु गर्वको कुरा हो।’ एमबाप्पेले मेसीले तत्काल आफ्नो योजना परिवर्तन गर्दै पेनाल्टी हान्ने अवसर आफूलाई दिएको बताएका छन्। जितपछि शीर्षस्थानमा रहेको पिएजसीले समूह एमा ३ खेलबाट ७ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077