Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ग्यास बुलेटबाट ग्यास चोरी गरेर गाउँघरमा बेच्ने तीनजना पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीबाट ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरत कार्की, चुनुकुमार र विपिनकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार साँझ ७ बजेको समयमा मनहरी–६ स्थित होटल सञ्चालन गरेर बसेका ४३ वर्षीय कार्कीले बुलेट ग्यास ट्याङ्की चालकसँग समन्वय गरी खाली सिलिण्डरमा ग्यास भरेर गाउँघरमा बेच्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको होे ।

प्रहरीले निज भरत कार्कीको होटलबाट विभिन्न कम्पनीका खाली सिलिण्डर १८ थान र भरेको १३ थान गरी जम्मा ३१ थान बरामद गरेको जनाइएको छ । ग्यास बोक्ने गाडी एनएल०१एनओ१३१ चालक चुनुकुमार, युपी७०बिटी ९९९६ का चालक विपिनकुमार र होटल सञ्चालक कार्कीलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077