Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी–२० विश्वकप : श्रीलंका सुपर १२ मा प्रवेश

एजेन्सी – श्रीलंका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–१२ मा प्रवेश गरेको छ। बुधबार राति आयरल्याण्डलाई हराउँदै श्रीलंका सुपर १२ मा प्रवेश गरेको हो।

आबुधाबीमा भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले हरायो। श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो।

आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन र कर्टिस क्याम्फरले २४ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। आयरल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिँदा लाहिरु कुमारा र चामिका करुनारत्नेले २–२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै अर्धशतकीय इनिङ्स खेलेका पाथुम निशान्काले ६१ रन बनाए। कप्तान डसुन शनकाले अविजित २१ रन बनाए।

आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए। मार्क एडीयरले २ तथा पाउल स्ट्रर्लिङले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077