Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी–२० विश्वकप : स्कटल्याण्ड पहिलोपटक सुपर १२ मा

एजेन्सी – स्कटल्याण्ड पहिलोपटक आइसीसी टी–२० विश्वकपको सुपर १२ मा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा जित निकाल्दै स्कटल्याण्डले यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर– १२ मा पुगेको हो । ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो ।

स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए । म्याथ्यु क्रसले अविजित २६ रन जोड्दा रिची बेरिङटनले अविजित ३७ रन बनाए । जर्ज मुन्सेले २० रन बनाए ।

ओमानका खावर अली र फायज बुटले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । ओमानका लागि अकिब इल्यासले ३७ रन जोड्दा जिशन मक्सुदले ३४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077