Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनकपुरमा ‘सिके चोर, देश छोड’ भन्दै इन्जिनियरहरुको प्रदर्शन

धनुषा । जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीविरुद्ध बृहत प्रदर्शन भएको छ ।

शुक्रबार जनकपुरधाममा नेपाल इन्जिनियर एशोसिएशन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामति कर्मचारको आधिकारिक ट्रेड युनियन, नेशनल इन्जिनियर्स एशोसिएशन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज, मधेशी डेमोक्रेटिभ सोसाइटीले संयुक्तरुपमा प्रदर्शन गर्दै ‘सिके चोर, देश छोड’ भन्ने नारासहित  आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले ‘सिके चोर, देश छोड, ‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै नारावाजी गरेका छन्।

बिहीबार जनमत पार्टीका कार्यकर्ताले खानेपानी कार्यालय जनकपुरका प्रमुख कुशवाहालाई अर्धनग्न गरी बजार घुमाएपछि त्यसको विरोध गर्दै उनीहरु विरोध प्रदर्शन मा उत्रिएका हुन् ,

प्रदर्शनमा सिके राउतलाई कारबाही गर, सिके राउतको इन्जिनियर दर्ता खारेज गर, इन्जिनियरहरुलाई सुरक्षाको ग्यारेन्टी गर र घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर जस्ता नारा लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077