Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अमेरिकी दम्पतीमाथि परमाणु रहस्य बेच्न खोजेको आरोप, आजीवन कारावासको सजाय हुन सक्ने

एजेन्सी । एक अमेरिकी दम्पतीलाई देशको सबैभन्दा महत्त्वपूर्ण सैन्य रहस्य बेच्न खोजेको आरोप लागेको छ। दुबै जना पक्राउ परेका छन् र उनीहरुविरुद्ध अदालतमा कारबाही चलिरहेको छ।

यदि दोषी ठहरिएमा उनीहरुले आजीवन कारावासको सजाय भोग्नुपर्ने हुन सक्छ। ४२ वर्षका जोनाथन टोएबे र उनकी ४५ वर्षीय पत्नी डायना पेशेवर, आरामदायक र सरल देखिने जीवन बिताइरहेका थिए।

उनीहरुको दुई बच्चाहरु छन्। अमेरिकाको मेरील्याण्डको राजधानी एनापोलिसमा उनीहरु बस्दै आएका थिए। तर, उनीहरुको शान्त जीवनमा अक्टोबरमा बाधा आइपर्यो। अमेरिकी संघीय एजेन्टहरु उनीहरुको घरमा पुगे।

ती एजेन्टहरु ६ हजार किलोमिटरको दुरीमा रहेका टोएबे दम्पतिलाई खोज्दै गएका थिए। जेफरनस काउन्टी, वेस्ट भर्जिनिया उक्त ठाउँ हो जहाँ टोएबे दम्पतिले तथाकथितरुपमा देशद्रोहको प्रयास गरे।

दम्पतिले कथित रूपमा एक विदेशी सरकारलाई सैन्य गोप्यता बेच्न खोजेको आरोपको सामना गरिरहेका छन् , जुन दोषी ठहरिएमा कडा जेल सजाय हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077