Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इटालीमा फुटबल खेलेका विकास नेपालको राष्ट्रिय टोलीबाट खेल्न इच्छुक

काठमाडौं । इटालीमा रहेर फुटबल खेलिरहेका विकास मेराग्लिया नेपालको राष्ट्रिय टोलीबाट फुटबल खेल्न इच्छुक देखिएका छन्। उनले इटालीको यु–१६ टोलीबाट फुटबल खेलिसकेका छन्।

विकास हाल ९ डिभिजन लिग खेल्नका लागि नेपालमा छन्। बिहीबार उनलाई शहिद स्मारक ए डिभिजन क्लब च्यासल युथले आफ्नो टोलीमा अनुबन्ध गरेको छ। सो अवसरमा भएको पत्रकार सम्मेलनमा बोल्दै १८ वर्षीय विकासले नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अवसर आए खुसी हुने बताएका छन्।

यहाँको अवस्था र वातावरण हेरेर आफूले निर्णय गर्ने उनको भनाई छ। ‘यस्तो अवसर पाए खुसी छु। अहिले नेपाल आएर यही गर्छु भने निर्णय गरेको छैन। अहिले क्लबमा ध्यान केन्द्रित गर्छु। बाँकी यहाँको वातावरण हेरेर निर्णय लिन्छु’, विकासले भने।

१३ वर्षअघि नेपालबाट इटाली पुगेका विकासले इटालीको यू–१६ टोलीबाट खेलिसकेका छन। यस्तै विकासले हालै इटाली सिरी ए क्लब एटलान्टाको जुनियर टोलीसँगको सम्झौता सकाएका छन्। यसअघि विकासले भेनेजियाको युवा टोली तथा काटोलिया र मारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077