Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाली सेनाद्वारा द्वन्द्वग्रस्त कंगोमा विद्यालयको पुनःनिर्माण

काठमाडौं । नेपाली सेनाले कंगोमा एक विद्यालयको पुनःनिर्माण गरेको छ। द्वन्द्वग्रस्त मुलुक कंगोमा शान्ति स्थापनार्थ खटिएको सेनाको छोलीले त्यहाँको एक विद्यालय पुनःनिर्माण गरेको हो।

हाल कंगोमा रहेको रणशेर गणले कंगोको स्थानीय एटोङगो इलाकामा रहेको विद्यालयको पुनःनिर्माण बताइएको छ। पुनर्निमाणपछि सो विद्यालय स्थानीय अधिकारीलाई हस्तान्तरण गरिएको छ।

कार्तिक १ गते कंगोमा आयोजित कार्यक्रममा नेपाली सेनाले सो विद्यालय हस्तान्तरण गरेको थियो। कोभिड–१९ मापदण्ड पूरा पालना गरी कार्याक्रम आयोजना गरिएको नेपाली सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विद्यालय हस्तान्तरण कार्यक्रममा त्यहाँस्थित शिक्षा मन्त्रालयका अधिकारी, मेयर, युनिसेफका प्रतिनिधिलगायतको उपस्थित थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077