Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामुदायिक वनमा बम विस्फोट, घाँस काट्न गएका २१ र १४ वर्षका दिदी भाई घाइते

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा बम विस्पोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान भएको बम विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विस्फोटमा परी दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश नेपाली रहेका छन् ।

घाइते दाजुभाईको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

बम पुरानो भएको र बेवारिसे अवस्थामा भेटिएको थियाे । घाँस काट्दै जाँदा खुट्टाले अचानक बम छुँदा विस्फोट भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077